
सिन्धुली : सुरक्षित र दिगो खानेपानी आपूर्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा दुई दिने पानीको गुणस्तर परीक्षण तालिम सञ्चालन गरिएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा), सुनकोशी गाउँपालिका तथा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधिहरूलाई तालिम दिईएको हो ।
तालिम मार्फत सहभागीहरूलाई पानीको नमुना संकलन गर्ने तरिका, सामान्य प्रदूषकहरूको परीक्षण, परीक्षणको नतिजा व्याख्या गर्ने विधि तथा अभिलेखीकरण सम्बन्धी ज्ञान र व्यवहारिक सीप प्रदान गरिएको आयोजक नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले जनाएको छ ।
कार्यक्रममा सुरक्षित खानेपानी सुनिश्चित गर्न नियमित रूपमा पानीको गुणस्तर अनुगमन गर्नुपर्ने आवश्यकता र यसको महत्वबारे विशेष जोड दिइएको थियो। यसले स्थानीय तहमै पानीको गुणस्तर निगरानी गर्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
स्थानीय सरोकारवालाहरूलाई सशक्त बनाउँदै सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्ने दिशामा नेवाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ ।


223 पटक हेरिएको 

