
काठमाडौ : रुपन्देहीको डन्डा खोलामा रहेको अव्यवस्थित डम्पिङ साइटले प्रदूषण बढाएको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
अधिवक्ता विवेक बख्रेल र अञ्जली सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश सरकार र सिद्धार्थनगर नगरपालिका रुपन्देही लगायतलाई विपक्षी रिट दायर गरेका हुन् ।
रिटमा सिद्धार्थनगर नगरपालिकाअन्तर्गत पर्ने डन्डा खोला क्षेत्रमा सञ्चालित डम्पिङ साइटका कारण समाजमा दुर्गन्ध र प्रदूषणले फैलिनुका साथै लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई समेत असर पारेको उल्लेख गरिएको छ ।
अञ्जली सिलवाल लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्।
रिटमा डम्पिङ साइट हटाउन माग गरेका छन् । सो रिटमा आजै सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरी अन्तरिम आदेशका लागि भने सरोकारवाला पक्षलाई छलफलमा बोलाएको छ ।


94 पटक हेरिएको 

