
काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादा क्रममा हेरफेर गर्नुभएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो ।
मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको मर्यादाक्रम अनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले रहनुभएको छ ।
मर्यादाक्रममा खानेपानी मन्त्रालयको समेत जिम्मेवारी पाउनु भएकी स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता दशौ नम्बरमा हुनुहुन्छ ।
त्यसै गरी मर्यादाक्रमको तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल, चौथोमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम रहेको छ । सुरुको मर्यादाक्रममा गृहमन्त्री गुरुङ तेस्रो वरियतामा हुनुहुन्थ्यो ।
हाल १५ सदस्यीय मन्त्रिपरिषद्मा १५ औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहनुभएको छ ।



133 पटक हेरिएको 

