उपभोक्तामैत्री सेवा र सुरक्षित तथा दिगो खानेपानी व्यवस्थापनमा जोड

  वास खबर सम्बाददाता  242 पटक हेरिएको

सुर्खेत : छिन्चु उपत्यका खानेपानी संस्थाको १७औँ साधारण सभामा बोल्ने बक्ताहरुले सुरक्षित र दिगो खानेपानी व्यवस्थापनमा जोड दिएका छन्। वक्ताहरुले हालसम्म संस्थाले वितरण गरिरहेको खानेपानी सेवाको प्रशंसा गर्दै यसको निरन्तरता र उपभोक्तामैत्री सेवाका लागि आग्रह समेत गरेका छन्।

संस्थाका अध्यक्ष धर्मराज खड्काको अध्यक्षतामा भएको उदघाटन समारोहका प्रमुख अतिथि एवं राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीले साना सहरी क्षेत्रमा खानेपानी सेवा विस्तार र व्यवस्थापनमा सहकार्यको आवश्यकता रहेको बताउनुभयो। यस्तै कार्यक्रमका विशेष अतिथि तथा भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले स्थानीय तह र खानेपानीसंस्था बीच समन्वय गरेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

छिन्चु उपत्यका खानेपानी संस्थाका अध्यक्ष खड्काले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गर्नुभयो। उहाँले उपभोक्तामैत्री सेवा, स्रोत संरक्षण र दीर्घकालीन योजना कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साधारण सभामा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, उपभोक्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार