
काठमाडौं : एनआईसी एसिया बैंकले कैलाली स्थित गोदावरी– ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा पानी फिल्टर सहितको ट्यांकी र पम्प प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्र राज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गर्नुभयो।
फिल्टर सहित खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने प्रधानाध्यापक योगेन्द्र राज ओझाले बताउनुभयो।


94 पटक हेरिएको 

