रजत जयन्ति मनाउँदै कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

  वास खबर सम्बाददाता  344 पटक हेरिएको
🔗
26
Shares

नवलपुर : कावासोती नगरपालिका–२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले रजत वर्ष २०८३ विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ।आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा
वैशाख २५, २६ र २७ गते रजत जयन्ति विविध कार्यक्रम सञ्चालन गरी मनाईने संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताउनुभयो।

कार्यक्रम तालिका अनुसार वैशाख २५ गते खानेपानी कार्यालय परिसर वरपर सरसफाइ कार्यक्रम अभियान सञ्चालन गरिनेछ भने २६ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिनेछ। विशेषज्ञ चिकित्सक सहितको टोलीले कार्यालय परिसरमा स्वास्थ्य जाँच गर्नेछन्।

त्यसैगरी वैशाख २७ गते रजत स्तम्भ अनावरण, सम्मान तथा समापन कार्यक्रम सम्पन्न गरिने अध्यक्ष लम्सालले बताउनुभयो।

संस्थाले विगत २५ वर्षदेखि कावासोती क्षेत्रमा स्वच्छ खानेपानी आपूर्ति तथा सरसफाइ प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। रजत वर्ष कार्यक्रममार्फत संस्थाको उपलब्धि प्रस्तुत गर्नुका साथै आगामी दिनमा सेवा थप प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाइएको छ।

कार्यक्रममा उपभोक्ता सहित सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सहभागिताका लागि आग्रह गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार