
काठमाडौ : मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठले राजीनामा दिनु भएको छ । श्रेष्ठले खानेपानी मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले जनाएको छ ।
गत पुस २३ गते तत्कालीन खानेपानीमन्त्री मदन परियारले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्जको प्रमुखमा सरुवा गरेर सहसचिव श्रेष्ठलाई मेलम्ची पठाएको थियो।
खानेपानी मन्त्रालयको योजना महाशाखाको प्रमुखमा कार्यरत श्रेष्ठले मेलम्चीमा जान अनिच्छा देखाए पनि मन्त्री परियारले जबरजस्ती सरुवा गरेका थिए ।


297 पटक हेरिएको 

