सिंहदरबारमा अब देखिने छैन, खानेपानी मन्त्रालय लेखिएको बोर्ड

  वास खबर समाचारदाता  377 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा विलय भएको छ । सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेपछि खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा विलय भएको हो ।

नयाँ बनाएको पूर्वाधार विकास मन्त्रालयमा खानेपानी मन्त्रालय सँगै शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गाभिएको छ ।

यस अघि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७२ साल पुस ९ गतेको निर्णयानुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको स्थापना भएको थियो । पछि नेपाल सरकार मन्त्री परिषदले २०७४ चैत्र ०१ गतेको निर्णयानुसार पुर्नगठन पछि भने खानेपानी मन्त्रालयमा सीमित गरिएको थियो।

खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग क्षेत्रगत नेतृत्वदायी कार्यान्वयन निकाय हो। मन्त्रालय अन्तर्गत विभागका अलावा खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोग, सहरी क्षेत्रमा खानेपानी तथा सरसफाइ प्रणालीहरुको निर्माण एवम सेवा प्रवाहका लागि मेलम्ची खानेपानी विकास समिति, आयोजना कार्यान्यवन निर्देशनालय, खानेपानी व्यवस्थापन बोर्डहरु, राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र नेपाल खानेपानी संस्थान रहेका छन्।

खानेपानी मन्त्रालय अन्तर्गतका यी निकायहरुको व्यवस्थापन कसरी हुन्छ ? त्यो त भावी दिनले नै बताउनेछ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३, स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो।

नयाँ सरकार गठन भए लगत्तै जारी गरिएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारेको थियो ।

सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ ले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयहरूको कार्यविभाजन, नाम परिवर्तन र एकीकरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अब हुने मन्त्रालयहरूको नाम :

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

अर्थ मन्त्रालय

गृह मन्त्रालय

परराष्ट्र मन्त्रालय

रक्षा मन्त्रालय

सञ्चार मन्त्रालय

पूर्वाधार विकास मन्त्रालय

शिक्षा तथा खेलकुद मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

कृषि, वन तथा पर्यावरण मन्त्रालय

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

युवा, श्रम तथा रोजगार मन्त्रालय

भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार