५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने सरकारको घोषणा

  वास खबर सम्बाददाता  212 पटक हेरिएको
🔗
26
Shares

काठमाडौं : सरकारले आगामी ५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्‍याउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आगामी ५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्‍याउने घोषणा गर्नु भएको हो।

नेपाल बहु-सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) प्रतिवेदन २०२५ अनुसार करिब ४७ प्रतिशत नागरिकको सुरक्षित खानेपानी सेवामा पहुँच पुगेको छ ।

सन् २०१९ को बहु-सूचक समूह सर्वेक्षण अनुसार सुरक्षित खानेपानी उपभोग गर्ने जनसंख्या १९ प्रतिशतमा सीमित थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार