
मकवानपुर : मकवानपुर गढी गाउँपालिका–३ मक्रान्चुली क्षेत्रमा खानेपानीको चरम समस्या देखिएको छ। स्थानीयका अनुसार धारामा पानी नआएको आज १२ दिन पुग्दा पनि समस्या समाधान हुन सकेको छैन।
पानीको अभावका कारण स्थानीय बासिन्दा मुहान तथा साना पानीका स्रोतमा पुगेर दैनिक उपभोगका लागि पानी संकलन गर्न बाध्य भएका छन्।
विशेषगरी वृद्धवृद्धा, महिला तथा बालबालिकाले घण्टौँ समय खर्चेर पानी बोक्नुपरेको अवस्था छ। खानेपानीको समस्या लम्बिँदै जाँदा स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ।
सम्बन्धित निकायले समस्या समाधानका लागि आवश्यक पहल गरी छिटोभन्दा छिटो नियमित खानेपानी आपूर्ति गर्न स्थानीयवासीले माग गरेका छन्।

“धारामा पानी नआएपछि मुहानको भर पर्नुपर्ने बाध्यता छ, अब चाँडै समाधान होस् भन्ने अपेक्षा गरेका छौं,” स्थानीयवासीले बताएका छन्।


162 पटक हेरिएको 

