आँगनमा धारो, पानी लिन १ घण्टाको बाटो

दैलेख २३ फागुन । घरकै आँगनमा धारो छ, तर पानीको थोपा नझरेको तीन बर्ष वितिसकेको छ । हजारौं रकम खर्च गरेर बनाएको धारोको छेउमा मल थुपारिएको छ भने, सँगै घाँस राख्ने टौवा पनि बनाइएको छ ।

दैलेखको बराह ९ की मानकुमारी बुढाको घरको आँगनमा धारोको यस्तो हालत देखेपछि हामीले यसबारेमा मानकुमारीलाई सोध्यौ । सुन्नुहोस् अडियो ।

नेपाल स्वास्थ्यका लागि पानीले हजारौं खर्च गरेर बनाएको पानी बराहका स्थानीय बासिन्दाले २ बर्षसम्म मात्र उपभोग गर्न पाए । पानी विग्रेको तीन बर्ष वितिसकेको छ तर मर्मत सम्भारका लागि कसैको ध्यान गएको छैन । जसका कारण फेरि दशकौं अघिकै समस्या फर्किएको बराह ९ दैलेखकी सूर्जकला बूढाले बताउनुभयो ।

खानेपानीले छोटो समयका लागि खुसी दियो बराहबासीलाई । बीचमा पानी विग्रिएपछि यसको मर्मतका लागि कोही पनि अघि सरेनन् । अगुवा अघि नसर्दा गाउँलेले पनि वास्ता गरेनन् ।खानेपानी आउन बन्द भएपछि अहिले उनीहरुको हात भाँचिए सरह भएको छ ।

पानी विग्रिए भत्किएमा मर्मतसम्भार गर्नका लागि नेवाले सरसफाई कोष पनि स्थापना गरेको थियो । कोषमा जम्मा भएको रकमको हिसाबकिताब राख्न पासबुक समेत दिइएको थियो । तर स्थानीयले दुईपटक भन्दा पैसा नै उठाएनन्, शुरुदेखि नै गन्जागोल भएका कारण पनि खानेपानीको यो हालत भएको बराहकी पानसरी बुढाले बताउनुभयो ।

खानेपानीको मुहान सुक्ने बाहेक पाइपमा केही बस्तु अड्किंदा, ट्यांकी भत्किदा वा पाइप टुटुफुट हुँदा उपभोक्ता समिति आफैले सुचारु गर्न सक्छन् । एउटा गेटबल्ब फेर्नको दुःखले जानाजान सधैं पानी ओसारेर पिउने दुःख बराहबासी आफैले किन निम्त्याएका हुन्, कुन्नि ?


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार