
काठमाडौं : सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरिएको हो।
बैठकले बाढीबाट अवरुद्ध हुन पुगेको सडकहरू पुनःसञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्घ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने समेत निर्णय गरेको छ । बाढीबाट अवरुद्ध हुन पुगेको विद्युत आपूर्ति यथाशीघ्र सञ्चालन गर्ने प्रबन्ध ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले मिलाउने, अवरुद्ध हुन पुगेका दूरसञ्चारको तत्काल सञ्चालनको व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने र मृतक परिवारलाई प्रचलित कानुन बमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ ।
थप निर्णयहरु :



320 पटक हेरिएको 

