राहत सँगै वातावरणीय सरसफाइलाई पनि प्राथमिकता दिऔं

  वास खबर सम्बाददाता  155 पटक हेरिएको
🔗
127
Shares

काठमाडौः बाढीको पानी बिस्तारै घट्दै जाँदा भोटेकोशी क्षेत्रको अर्को चुनौती थपिएको छ, पशु चौपायाको मृत्यु र बाढीमा बगेर विभिन्न स्थानमा पुगेका मानव शवको सुरक्षित, व्यवस्थित र मर्यादित व्यवस्थापन।

बाढीले बगाएर लगेको जीवन फिर्ता ल्याउन सकिँदैन। तर बचेका मानिसलाई अर्को रोग र संकटबाट जोगाउन सकिन्छ।

बाढीपछि राहत भनेको चामल, दाल, त्रिपाल र कम्बल वितरण मात्र हुनु हुँदैन । सुरक्षित खानेपानी, शौचालय, सरसफाइ, फोहोर व्यवस्थापन र मृत पशु चौपायाको उचित व्यवस्थापन पनि राहत प्रतिकार्यको महत्वपूर्ण हिस्सा हुन्।

विशेष गरी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै मृत पशु चौपाया व्यवस्थापन, खानेपानीका स्रोतको अनुगमन, पानीको गुणस्तर परीक्षण तथा आवश्यक उपचार, अस्थायी शौचालय र फोहोर व्यवस्थापनलाई समानान्तर रूपमा अघि बढाउनुपर्छ।

बाढीको तत्कालीन क्षति आँखा अगाडि देखिन्छ। तर पानी घटेपछि सुरु हुने दोस्रो जोखिम प्रायः कम देखिन्छ। दूषित पानी, फोहोर, खुला दिसा, मृत पशु र अस्वस्थकर वातावरणले प्रभावित समुदायलाई बाढीपछि पनि लामो समयसम्म जोखिममा राख्न सक्छ।

त्यसैले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारपछि सरसफाइ, सरसफाइसँगै सुरक्षित पानी र मृत पशु तथा शवको मर्यादित व्यवस्थापनलाई प्राथमिकतामा राख्न आवश्यक छ।

बाढीले बगाएर लगेको जीवन फिर्ता ल्याउन सकिँदैन। तर बचेका मानिसलाई अर्को रोग र संकटबाट जोगाउन सकिन्छ। त्यसका लागि सुरक्षित पानी, स्वच्छ वातावरण र मृत पशु तथा शवको उचित व्यवस्थापन अब प्रतिकार्यको लागि तत्कालको प्राथमिकता बन्नुपर्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार