भोटेकोशीको बाढीले रसुवामा १३ खानेपानी आयोजना ध्वस्त: २५ करोडभन्दा बढीको क्षति

१६ सय बढी नागरिक खानेपानीबाट वञ्चित

  वास खबर सम्बाददाता  141 पटक हेरिएको
🔗
133
Shares

रसुवा  : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जिल्लाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरूमा गम्भीर क्षति पुगेको छ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरले संकलन गरेको पछिल्लो विवरण अनुसार कुल २५ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने १ हजार ६ सय २३ जना नागरिक खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन्।

बाढीले विशेष गरी गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनाहरूलाई क्षति गरेको छ। धेरै जसो आयोजनाहरू पूर्ण रूपमा क्षति भएका छन् भने केही स्थानमा मूललाइन, शाखा पाइपलाइन तथा धाराहरू बगाएको छ।

क्षतिको प्रमुख विवरण:

गोसाइँकुण्ड गाउँपालिका:

घट्टे खोला, टिमुरे, चाम्लुंग, स्याफ्रुबेसी र छोक्लांग खानेपानी आयोजना: गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ५ मा रहेिएका यी आयोजनाहरू पूर्ण रूपमा क्षति भएका छन्। यसबाट मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन्।

उत्तरगया गाउँपालिका:

• छहरे खोला, बृहत्तर डाँडागाउँ तथा छहरे खोला तल्लो कर्मी डाँडा खा.पा.आ.: उत्तरगया गाउँपालिकाका वडा नं. ३ र ४ मा सञ्चालित यी आयोजनाहरू बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

•  कैदलटार, सिम्ले मुहान र बाँसथलसिम आयोजना: यी आयोजनाहरूमा मुख्य तथा शाखा पाइपलाइन र धाराहरूमा क्षति पुगेको छ।

क्षतिग्रस्त खानेपानी आयोजनाहरूको संक्षिप्त तालिका:

बाढीका कारण खानेपानी आपूर्ति ठप्प भएपछि प्रभावित क्षेत्रका बासिन्दाहरू शुद्ध खानेपानीको संकटमा परेका छन्। स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायहरूलाई तत्काल अस्थायी खानेपानी व्यवस्थापन र संरचना पुनःनिर्माणका लागि पहल गर्न स्थानीयले माग गरेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार