
विदुर, नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सञ्चालित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरूमा ठूलो क्षति पुगेको छ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भक्तपुरको कार्यक्षेत्र भित्र पर्ने विदुर र बेलकोटगढी नगरपालिकाका २८ वटा आयोजनाहरू क्षतिग्रस्त हुँदा प्रारम्भिक अनुमान अनुसार ४६ करोड ६० लाख रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको छ। यसबाट ती क्षेत्रका ९७,७३० भन्दा बढी सर्वसाधारण प्रत्यक्ष रूपमा स्वच्छ खानेपानी र सरसफाइको सुविधाबाट वञ्चित भएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो।
क्षति सम्बन्धी प्रमुख तथ्यांक
बाढीले खानेपानीका मुख्य मुहान, पाइपलाइन, प्रशोधन केन्द्र र संम्पवेलहरू बगाउँदा ठूलो भौतिक र वित्तीय क्षति पुगेको छ।
१. प्रमुख क्षति भएका ठूला आयोजनाहरू
-
त्रिशूली बजार ढल निर्माण तथा प्रशोधन आयोजना (विदुर न.पा.-१, २, ४, ५, ९):
क्षति विवरण: ढुङ्गे र विदुरमा निर्माणाधीन २ वटा फोहोरपानी प्रशोधन केन्द्रका सम्पूर्ण संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
-
° लागत क्षति: रु १५ करोड ५० लाख (१,५५० लाख)।
-
° प्रभावित जनसंख्या: १९,००० जना।
-
-
विदुर खानेपानी आयोजना (विदुर न.पा.):
-
° क्षति विवरण: करीब ४,००० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्। ४.५ कि.मी. लामो मुख्य पाइपलाइन र ३ वटा संम्पवेल बाढीले बगाएको छ।
-
° लागत क्षति: रु ८ करोड ५० लाख (८५० लाख)।
-
° प्रभावित जनसंख्या: २३,००० जना।
-
-
विदुर खानेपानी सुधार तथा विस्तार आयोजना:
-
° क्षति विवरण: ६ कि.मी. HDPE पाइपलाइन बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ।
-
° लागत क्षति: रु २ करोड (२०० लाख)।
-
° प्रभावित जनसंख्या: २,८०० जना।
-
-
विदुर प्रशोधन केन्द्र निर्माण आयोजना:
-
° क्षति विवरण: जग्गा सम्याउने कार्य भइरहेको साइटमा बाढीले पुरेर तथा प्रयोगमा रहेको एक्जाभेटर (Excavator) मा क्षति पुर्याएको छ।
-
° लागत क्षति: रु २५ लाख।
-
° प्रभावित जनसंख्या: २७,००० जना।
-
आयोजनाको क्षति विवरण :



144 पटक हेरिएको 

