बाढी प्रभावित क्षेत्रमा कोल्याप्सिबल ब्लाडर वाटर ट्याङ्क जडान

  वास खबर सम्बाददाता  129 पटक हेरिएको
🔗
175
Shares

काठमाडौं : बाढी तथा विपद्का समयमा सुरक्षित खानेपानी र सरसफाइको पहुँच अत्यावश्यक हुने भएकाले युनिसेफले बाढी प्रभावित समुदायलाई लक्षित गरी खानेपानी तथा सरसफाइ सेवा पुनःस्थापना र विस्तारका काम गरिरहेको छ।

युरोपेली संघको नागरिक सुरक्षा तथा मानवीय सहायता (EU Civil Protection & Humanitarian Aid) को सहयोगमा युनिसेफले बाढी प्रभावित समुदायहरू आश्रय लिइरहेका अस्थायी शिविरहरूमा सुरक्षित खानेपानी उपलब्ध गराउन ‘कोल्याप्सिबल ब्लाडर वाटर ट्याङ्क’ (Collapsible Bladder Water Tank) जडान गरिरहेको छ।

साथै, अत्यावश्यक खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवा सुनिश्चित गर्न अस्थायी शौचालय समेत निर्माण गरिरहेको छ।

युनिसेफले क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न नेपाल सरकारलाई जेनेरेटर, पानी तान्ने पम्प तथा पाइप लगायतका सामग्री उपलब्ध गराएर सहयोग गरिरहेको छ। यसबाट करिब २५ हजार जनसंख्यालाई सेवा प्रदान गर्ने खानेपानी प्रणाली पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने जनाइएको छ।

यसैगरी, समुदायस्तरका सचेतना कार्यक्रम, रेडियो तथा सामाजिक सञ्जाल मार्फत स्वच्छता र स्वास्थ्य सम्बन्धी सन्देशहरू प्रवाह गरिँदै आएको छ। यस्ता सन्देश मार्फत परिवारहरूलाई खानेपानी तथा खाद्यवस्तुलाई सुरक्षित राख्ने, पानीमा क्लोरिन प्रयोग गर्ने र पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्ने उपायबारे जानकारी दिइरहेको युनिसेफले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार