बाढीले धादिङ र चितवनका खानेपानी आयोजनामा साढे १६ करोडको नोक्सानी हुँदा कुन आयोजनामा कति क्षति ?

केही स्थानमा अस्थायी रूपमा पानी आपूर्ति सुरु

  वास खबर सम्बाददाता  165 पटक हेरिएको
🔗
186
Shares

चितवन :  खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनको कार्यक्षेत्र भित्र पर्ने विभिन्न स्थानीय तहका २७ वटा खानेपानी आयोजनाहरू बाढीका कारण पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

२०८३ भदौ १० गते आएको बाढीले नदी किनारामा रहेका इन्टेक, इनार, पम्पिङ सिस्टम तथा पाइपलाइनमा क्षति पुर्‍याउँदा साढे १६ करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनका प्रमुख शेखर चन्द्र केसीका अनुसार बाढीका कारण कुल १६ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। अधिकांश आयोजनाहरू त्रिशूली नदीको मुख्य बहाव क्षेत्रमा रहेकाले सम्पवेल (Sumpwell) र पम्पिङ सिस्टम बगेका छन्।

कुन खानेपानी आयोजनामा कति क्षति ?

१. बैरैनी बजार खानेपानी आयोजना, गल्छी गा.पा.-०६, धादिङ: करीब २६० घरधुरीले उपभोग गरिरहेको ट्रान्समिसन र डिस्ट्रिब्युसन पाइपलाइन पूर्ण रूपमा क्षति (अनुमानित क्षति: १५० लाख)।

२. जिन्टेटार महेश दोभान लिफ्टिङ खानेपानी आयोजना, गल्छी गा.पा.-०६, ०७, धादिङ: करीब २०० घरधुरीले उपभोग गरिरहेको ट्रान्समिसन र डिस्ट्रिब्युसन पाइपलाइन पूर्ण क्षति (अनुमानित क्षति: १२० लाख)।

३. जुडीखोला बैरैनी खानेपानी आयोजना, गल्छी गा.पा.-४, ६, धादिङ: करीब २०० घरधुरीका लागि सञ्चालित आयोजनाको ईनार, पम्प सेट, पम्पिङ सिस्टम, तार, ट्याङ्की र पाइपलाइन लगायतका संरचनाहरू पूर्ण क्षति (अनुमानित क्षति: १२० लाख)।

४. कल्लेरीटार खानेपानी आयोजना, गल्छी गा.पा.-१, धादिङ: करीब ७५ घरधुरीका लागि सञ्चालित आयोजनाको ईनार, पम्प सेट, पम्पिङ सिस्टम, केबल क्रसिङ, तार लगायतका संरचनाहरू पूर्ण क्षति (अनुमानित क्षति: ६० लाख)।

५. मलेखु बजार खानेपानी आयोजना, गजुरी गा.पा., धादिङ: करीब ३० घरधुरीले उपभोग गरिरहेको आयोजना र Sumpwell पूर्ण रूपमा क्षति (अनुमानित क्षति: ६० लाख)।

६. बन्छेटार खानेपानी आयोजना, गजुरी गा.पा.-०६, धादिङ: करीब १०० घरधुरीले उपभोग गरिरहेको लिफ्टिङ आयोजना पूर्ण रूपमा क्षति (अनुमानित क्षति: ८० लाख)।

७. पोखरी खोला खानेपानी आयोजना, गजुरी गा.पा.-०५, धादिङ: करीब १५ घरधुरीले उपभोग गरिरहेको लिफ्टिङआयोजना पूर्ण रूपमा क्षति (अनुमानित क्षति: ३० लाख)।

८. बाङ्गेघारेबेशी खानेपानी आयोजना, गजुरी गा.पा.-०५, धादिङ: करीब ६० घरधुरीले उपभोग गरिरहेको लिफ्टिङ आयोजना पूर्ण रूपमा क्षति (अनुमानित क्षति: ८० लाख)।

९. गलौंदी खानेपानी आयोजना, गजुरी गा.पा.-०५, धादिङ: करीब ६० घरधुरीले उपभोग गरिरहेको लिफ्टिङ आयोजना पूर्ण रूपमा क्षति (अनुमानित क्षति: ८० लाख)।

१०. बेल्खु खानेपानी आयोजना, गजुरी गा.पा.-०६, धादिङ: करीब ४० घरधुरीले उपभोग गरिरहेको लिफ्टिङ आयोजना पूर्ण रूपमा क्षति (अनुमानित क्षति: ५० लाख)।

११. आदमघाट खानेपानी आयोजना, गजुरी गा.पा.-०६, धादिङ: करीब २०० घरधुरीले उपभोग गरिरहेको लिफ्टिङ आयोजना पूर्ण रूपमा क्षति (अनुमानित क्षति: १०० लाख)।

१२. राईगाउँ खानेपानी आयोजना, गजुरी गा.पा.-०५, धादिङ: करीब २० घरधुरीले उपभोग गरिरहेको आयोजनाको ईनार तथा पम्पिङ सिस्टम पूर्ण रूपमा क्षति (अनुमानित क्षति: २० लाख)।

१३. चरौंदी बेनीघाट खा.पा.आ., बेनीघाट रोराङ गा.पा.-५ र ७, धादिङ: करीब ७०७ घरधुरी लाभान्वित हुने निर्माणाधीन आयोजनाको Sumpwell पूरै पुरिएको (अनुमानित क्षति: ८० लाख)।

१४. मलेखु रिचोकटार खानेपानी आयोजना, बेनीघाट रोराङ गा.पा.-२, धादिङ: २ वटा ३ एच.पी. को मोटर प्रयोग गरी करीब ३०० घरधुरीले उपभोग गरिरहेको आयोजना पूर्ण रूपमा क्षति (अनुमानित क्षति: १५० लाख)।

१५. देउरालीखोला बेनीदोभान खानेपानी आयोजना, सिद्धलेक गा.पा.-०३, धादिङ: करीब ४० घरधुरीका लागि सञ्चालित आयोजनाको ईनार, पम्पिङ सिस्टम, तार लगायतका संरचनाहरू पूर्ण क्षति (अनुमानित क्षति: ३० लाख)।

१६. भैंसेखोला मजुवा खानेपानी आयोजना, सिद्धलेक गा.पा.-०३, धादिङ: करीब ३० घरधुरीका लागि सञ्चालित आयोजनाको ईनार, पम्पिङ सिस्टम, तार लगायतका संरचनाहरू पूर्ण क्षति (अनुमानित क्षति: २० लाख)।

१७. जलेश्वरी मा.वि. सलाङघाट, सिद्धलेक गा.पा.-०४, धादिङ: करीब २५० विद्यार्थी रहेको स्कुलले सञ्चालन गरेको आयोजनाको पाइपलाइन लगायतका संरचनाहरू पूर्ण रूपमा क्षति (अनुमानित क्षति: १० लाख)।

१८. परेवाटार खानेपानी आयोजना, सिद्धलेक गा.पा.-०६, धादिङ: करीब ७५ घरधुरीका लागि सञ्चालित आयोजनाको ईनार, पम्पिङ सिस्टम, केबल क्रसिङ, तार लगायतका संरचनाहरू पूर्ण क्षति (अनुमानित क्षति: ६० लाख)।

१९. पिपलटार खानेपानी आयोजना, सिद्धलेक गा.पा.-०७, धादिङ: करीब ४०० घरधुरीका लागि सञ्चालित आयोजनाको ईनार, पम्पिङ सिस्टम, केबल क्रसिङ, तार लगायतका संरचनाहरू पूर्ण क्षति (अनुमानित क्षति: १२० लाख)।

२०. अमनटार खानेपानी आयोजना, सिद्धलेक गा.पा.-०७, धादिङ: करीब ६० घरधुरीका लागि सञ्चालित आयोजनाको ईनार, पम्पिङ सिस्टम, केबल क्रसिङ, तार लगायतका संरचनाहरू पूर्ण क्षति (अनुमानित क्षति: ५० लाख)।

२१. कृष्णभिर खानेपानी आयोजना, बेनीघाट रोराङ गा.पा.-७, धादिङ: करीब १०० घरधुरीले उपभोग गरिरहेको आयोजनाको ट्रान्समिसन र डिस्ट्रिब्युसन पाइपलाइन पूर्ण रूपमा क्षति (अनुमानित क्षति: १५ लाख)।

२२. चरौंदी खानेपानी आयोजना, बेनीघाट रोराङ गा.पा.-७, धादिङ: करीब २५० घरधुरीले उपभोग गरिरहेको आयोजनाको पम्पिङ सिस्टममा क्षति (अनुमानित क्षति: १० लाख)।

२३. विशालतार खानेपानी आयोजना, बेनीघाट रोराङ गा.पा.-५, धादिङ: करीब २०० घरधुरीका लागि सञ्चालित आयोजनाको ट्याङ्की लगायतका संरचनाहरू पूर्ण रूपमा क्षति (अनुमानित क्षति: ६० लाख)।

२४. मलेखु खानेपानी आयोजना, गजुरी गा.पा.-२, धादिङ: करीब २५० घरधुरीका लागि सञ्चालित आयोजनाको पम्पिङ सिस्टममा क्षति (अनुमानित क्षति: १० लाख)।

२५. सितलबजार खानेपानी पाइप: करीब १०० घरधुरीले उपभोग गरिरहेको आयोजनाको डिस्ट्रिब्युसन पाइपलाइनमा क्षति (अनुमानित क्षति: १५ लाख)।

२६. कुरिनटार खानेपानी आयोजना, इच्छाकामना गा.पा.-०४, चितवन:  करीब ५०० घरधुरीका लागि सञ्चालित आयोजनाको पम्पिङ सिस्टममा क्षति (अनुमानित क्षति: ४० लाख)।

२७. कुरिनघाट खानेपानी आयोजना, इच्छाकामना गा.पा.-०३, चितवन: करीब १५० घरधुरीका लागि सञ्चालित आयोजनाको पम्पिङ सिस्टममा क्षति (अनुमानित क्षति: ३० लाख)।

तत्कालका लागि अस्थायी आपूर्ति सुरु

बाढीका कारण संरचना नष्ट भई खानेपानी आपूर्ति अवरुद्ध भएपछि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनले युनिसेफ नेपाल, शान्ति नेपाल लगायत संघसंस्थाको सहकार्यमा  द्रुत गतिमा काम अघि बढाएको छ।

अस्थायी तरिकाले खानेपानी आपूर्ति गर्न सकिने बस्ती तथा विद्यालयहरूको सम्भाव्यता अध्ययन गरी तत्कालका लागि अस्थायी रूपमा खानेपानी आपूर्ति सुरु गरिएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनका प्रमुख शेखर चन्द्र केसीले बताउनुभयो।

दीर्घकालीन पुनःनिर्माणको काम अघि नबढुञ्जेलसम्म स्थानीयवासी तथा प्रभावित विद्यालयहरूमा खानेपानीको हाहाकार हुन नदिन वैकल्पिक माध्यमबाट पानी पुर्‍याउने व्यवस्था मिलाइएको कार्यालय प्रमुख केसीले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार