चितवन र नवलपुरमा तीनवटा खानेपानी आयोजना निर्माण गर्न बोलपत्र आह्वान

  वास खबर सम्बाददाता  108 पटक हेरिएको
🔗
162
Shares

भरतपुर : चितवन र नवलपुरका विभिन्न स्थानमा सर्वसाधारणलाई स्वच्छ खानेपानी र सरसफाइको पहुँच पुर्‍याउने उद्देश्यले तीनवटा खानेपानी आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुर, चितवनले राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रिया मार्फत निर्माण कार्य अघि बढाउन योग्यता पुगेका निर्माण व्यवसायीहरूबाट बोलपत्र माग गरेको हो।

कार्यालयका अनुसार चितवनको रत्ननगर नगरपालिकामा पिथुवा सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना (प्याकेज-२) निर्माण गरिनेछ। यस आयोजनाका लागि रु. १२ लाख धरौटी (Bid Security) तोकिएको छ।

त्यस्तै, नवलपुरको कावासोती नगरपालिकामा अग्यौली खानेपानी आयोजना (प्याकेज-२) निर्माणका लागि रु. १५ लाख धरौटी तोकी बोलपत्र माग गरिएको छ।

यसैगरी, चितवनकै भरतपुर महानगरपालिकाभित्र गुञ्जनगर सह-लगानी खानेपानी आयोजना (प्याकेज-२) निर्माणका लागि रु. १०,००० फाराम दस्तुर र रु. २८ लाख धरौटी रकम कायम गरी बोलपत्र आह्वान गरिएको छ।

इच्छुक निर्माण व्यवसायीहरूले २०८३ असोज २६ गते (१२ अक्टोबर, २०२६) मध्याह्न १२:०० बजेसम्ममा कार्यालयमा बोलपत्र पेस गरिसक्नुपर्नेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार