मेलम्चीको पानी वितरण गर्न ६८४ किमी पाइप बिछ्याइयो

काठमाडौ : मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिछ्याइएको छ । 

पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिछ्याइएको छ । डेढ महिनामा ७२० किमीमै पाइप बिछ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

यसैगरी थोक वितरण प्रणालीको ७७ किमीमध्ये ६९ किमीमा पाइप बिच्छ््याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो । असार मसान्तसम्म पहिलो चरणको पाइप बिच्छ््याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । 

पाइप ओच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । आठ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ । आठ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताउनुभयो । 

सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्रा क्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ । असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रुका लागि जेब्रा क्रसिङ पनि बनिसक्नेछ । 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार