श्रमिक दिवसको अवसरमा क्युपेकद्वारा बजार सफाइ

नवलपरासी : नेपाल बिजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नवलपरासीले बजार सरसफाइ गरेको छ । एक सय २९ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा क्युपेकले आज बिहान सदरमुकाम कावासोतीको कालीगण्डकी चोकदेखि फलफूलचोक सम्मको सरसफाइ गरेको हो । मजदुरहरुले पनि समाजमा राम्रो र सामाजिक काम गर्छन भन्ने सन्देश दिन सरसफाइ गरिएको क्युपेकका अध्यक्ष बाबुराम ढकालले बताउनुभयो । मजदुर युनियनमा आबद्ध मजदुर सरसफाइमा सहभागीका भएका थिए ।

सरसफाइ पछि फलफुलचोकमा आयोजित कोणसभामा युनियनका अध्यक्ष ढकालले मजदुरको आम्दानी समेत कम हुने र जोखिमका कामहरु समेत मजदुरले गर्नुपर्ने हुदा दुर्घटनामा बढि पर्ने भएकाले मजदुरको लागि दुर्घटना विमा आफुहरुको माग रहेको बताउनुभयो । दुर्घटना परे उपचार गर्न नपाएर त्यसै मर्नुपर्ने अवस्था रहेकाले गाउँपालिका र नगरपालिकाले बीमाको व्यवस्था गरिदिनुपर्ने उहाँले बताउनुभयो ।

कोणसभामा बोल्दै युनियनका प्रतिनिधीहरुले समेत मजदुरहरुको बीमा हुनुपर्नेमा जोड दिएका छन् । मजदुरको नजिकको सरकार स्थानीय सरकारले मजदुरलाई दुर्घटना बीमाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार