देशभर ४४९ क्रमागत खानेपानी आयोजना अधुरै

 2188 पटक हेरिएको

काठमाडौ : सरकारले पुराना खानेपानी आयोजना सम्पन्न नगराई स्रोत साधनको उपलब्धताको विश्लेषण नगरी नयाँ आयोजना शुरु गर्दा सयौं क्रमागत आयोजना अलपत्र परेका छन् । आर्थिक बर्ष २०७३/७४ सम्मको २ हजार ६९३ क्रमागत आयोजना मध्ये ४४९ आयोजना अधुरा छन् । ६३ जिल्लाका ती आयोजना २०६८/६९ भन्दा अगाडि नै शुरु भएपनि हालसम्म पनि सम्पन्न हुन नसकेको हो ।

खानेपानी मन्त्रालयले आर्थिक बर्ष २०७४/०७५ मा थप २ हजार ३४४ खानेपानी आयोजना शुरु गरेको छ । नयाँ आयोजनामा औषत बजेट ५ लाख ७३ हजार पर्न जाने देखिन्छ । एकातिर अधुरा आयोजना अलपत्र पर्दै जाने र अर्को तर्फ नयाँ आयोजना थप गर्ने परिपाटीले अधुरा योजनाको समस्या यथावत रहिरहने निश्चित छ ।

सम्पन्न हुन अझैं बर्षौ लाग्ने

ती अधुरा आयोजनाहरु सम्पन्न हुन अझैं धेरै बर्ष लाग्ने देखिएको छ । सरकारले पुराना आयोजना सम्पन्न गरेर मात्र नयाँ आयोजनामा हाल हाल्नुको सट्टा नयाँमा धेरै लगानी गर्न थालेपछि पुराना अलपत्र परेको हो ।

ती पुराना आयोजना सम्पन्न अनुमानित १९ अर्ब ३० करोड ६३ लाख लागत देखिएकोमा हालसम्म ९ अर्ब २२ करोड ८९ लाख लगानी भएको देखिन्छ । यो कुल लागतको ४७.८० प्रतिशत हो ।

समयमा आयोजना सम्पन्न नहुँदा ती आयोजनाबाट लाभान्वित हुनुपर्ने २१ लाख ८८ हजार जनसंख्या खानेपानी सेवा प्राप्तिबाट वञ्चित भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार