सल्यान : सल्यानको शारदा नगरपालिका – ७ कजेरीमा ‘निर्माण भइरहेको एक घर, एक धारा’ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । डौघरे खिरनेटा खानेपानी आयोजना मार्फत रकला र लखुडाँडा गाउँका २९ घरमा मिटर सहितको धारा जडान भइसकेको छ ।
आयोजना अन्तर्गत ६ हजार लिटर क्षमताको पानी ट्याङ्की, ३ हजार मिटर पाइप लाइन रहने खानेपानी डिभिजन कार्यालय, सल्यानका प्रमुख गुणनिधि पोख्रेलले बताउनुभयो । ‘कार्यालयको तर्फबाट नगरपालिकामा यो आयोजना पहिलो भएको उहाँले बताउनुभयो ।
प्रमुख पोख्रेलका अनुसार खानेपानी मुहान ट्याङ्की भन्दा २ हजार ५ सय मिटर टाढा छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १२ लाख र उपभोक्ताको श्रमदान गरी १७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न हुन लागेको शारदा नगरपालिका – ७ का वडाध्यक्ष लीलाबहादुर रोकाले बताउनुभयो ।


1351 पटक हेरिएको 

