काठमाडौ : खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना निर्माण गर्न ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाको उच्चस्तरीय टोली बीच मेलम्चीको पानी दशैं अगावै काठमाडौमा ल्याउने विषयमा सम्झौता भएको छ ।
यसका लागि रोकिएको कामलाई तीब्रता दिने, कम्पनीको समस्यालाई सरकारले समाधानको प्रयास गर्ने र दशै अघि नै काठमाडौंमा पानी ल्याइसक्ने सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
सम्झौता अघि इटालीमा रहेको मुख्यालयबाट आएका कम्पनीका बोर्ड अफ डाइरेक्टर मिस्टर पाउलो नेतृत्वको उच्चस्तरीय टोलीले साइट अवलोकन गरेको थियो ।
निर्माण कम्पनीले काममा ढिलाई गरेपछि मन्त्रालयले आयोजना निर्माणको काम सम्झौता अनुसार सम्पन्न गर्न ताकेता गरेपछि कम्पनीका बोर्ड अफ डाइरेक्टर मिस्टर पाउलो नेतृत्वको उच्चस्तरीय टोली यसैसाता नेपाल आएको हो ।
निर्माण कम्पनीले आयोजनाको काममा लागत बढी परेको भन्दै क्षतिपूर्ति माग गर्दै ढिलाई गरेको थियो । कम्पनीले १ अर्ब ६५ करोड थप रकम माग गरेको छ ।


1263 पटक हेरिएको 

