म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा गएराति आएको बाढी र पहिरोले दुईवटा खानेपानी आयोजना बगाएको छ । वास परियोजना अन्तर्गत गत वर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपस मेत बगाएको वडाध्यक्ष दिलीप शेरचनले बताउनुभयो ।
उहाँका अनुसार खानेपानी आयोजना अवरुद्ध भएपछि कालोपरामा रहेको लोसरिबाङ खानेपानी आयोजनाका १८ घरधुरी र महभिर आयोजनाका ६० घरधुरी शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएका छन् ।
दुबै आयोजनाका खानेपानी अवरुद्ध हुँदा ओखरबोटका लोसरीबाङ, सेरागाउँ, महभिरलगायत बस्तीका बासिन्दा समस्यामा परेका छन् । वर्षासँगै आएको बाढीले महभिरका टेकलाल विकको एकतले घरसमेत पूर्णरुपमा क्षति पु¥याएको वडाध्यक्ष शेरचनले बताउनुभयो ।


891 पटक हेरिएको 

