९ करोड ७५ लाख लागतमा खानेपानी आयोजना शुरु

कञ्चनपुर : कञ्चपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा ९ करोड ७५ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको काम शुरु भएको छ । आयोजनाको पहिलो चरणमा बोरिङ गर्ने काम भइरहेको शुक्लाफाँटा नगरपालिका ८ नंं. वडाका अध्यक्ष बहादुर महराले जानकारी दिनुभयो ।

उहाँका अनुसार खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं. ८ र ९ का गरी १ हजार ७ सय घरपरिवार लाभान्वित हुनेछन् । खानेपानी आयोजना सम्पन्न भएपछि नदी र खोलाको पानी पिउनुपर्ने बाध्यता हट्नेछ । चुरे फेदको बस्ती भएकाले गर्मीको बेला पानीको स्रोत सुक्ने गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार