कलाकार दिपाश्री निरौलाले गरिन् हनुमन्ते सफाइ

भक्तपुर : हास्य कलाकार दिपाश्री निरौलाले हनुमन्ते नदी सफाइ अभियान सहभागी भएर सरसफाइ गर्नुभएको छ । आज २४औं हप्ताको सफाइ कार्यक्रममा हनुमन्ते सफाइ अभियानले प्रमुख अतिथिको रुपमा बोलाएपछि कलाकार निरौला मध्यपुृरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा सहभागी भएर सरसफाइ गर्नुभएको हो । सफाइबाट १६ टन फोहर संकलन गरिएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न संघसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।

आजको सफाइ अभियानमा ५७० जनाको सहभागिता अभियन्ता गजुरेलले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार