पानी ट्यांकीमा विष राखिएको घटना संसदमा, दोषी माथि कार्वाहीको माग

काठमाडौ : विद्यालयमा पिउने पानी ट्यांकीमा विष राखिएको घटनाले संसदमा प्रवेश पाएको छ । संघीय संसदको बुधबारमा बैठकमा घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विशेष समयमा बोल्दै सांसद घनश्याम खतिवडाले घटनाको सत्य तथ्य छानविन गरि दोषी माथि कडा कारबाही गर्न माग गर्नुभयो । सो समयमा लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयमा एउटा गाडी पनि नभएको भन्दै उहाँले लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मंगलबार मोरङको लेटाङ नगरपालिकामा पर्ने जाँते माध्यमिक विद्यालयका विद्यार्थीलाई पानी पिउने वित्तिकै पेट पोल्ने, बान्ता हुने भएपछि पानी ट्यांकी जाँच गर्दा विषको बोतल नै भेटिएको थियो । विषाधियुक्त पानी पिउँदा २६ जना विद्यार्थी बिरामी परेका थिए ।

विरामी विद्यार्थी मध्ये ४ जना गम्भीर विद्यार्थीको विराटनगर स्थित नोवेल अस्पतालमा र २ जनाको उर्लाबारी नगरपालिकाको मंगलबारे अस्पतालमा उपचार भइरहेको छ । अन्य १८ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार