दोगडाकेदारमा जत्ति घर उत्ति धारा

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाले हरेक घरमा धारा निर्माण गर्न थालेको छ । गाउँपालिकाले चार हजार ५ सय घरमै खानेपानीको धारा पु-याउन विभिन्न खानेपानी आयोजना सञ्चालन गरिरहेको छ ।

चार वटा सोलार पम्पिङ आयोजना सम्पन्न

गाउँपालिकाकाले चार वटा सोलार पम्पिङ प्रणालीमा आधारित खानेपानी आयोजना सम्पन्न गरेको छ । वडा नं ३ श्रीकोटमा होपरी खानेपानी आयोजना, वडा नं २ मा डाडाइजर खानेपानी आयोजना, वडा नं. ५ मा न्वालीमा भल्वा खानेपानी आयोजना र वडा नं ६ मा लेक खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

खानेपानीको पहुँच बाहिरका नागरिकलाई आगामी चार बर्ष भित्र सौर्य पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था गर्न विभिन्न आयोजना सञ्चालन भईरहेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

सौर्य पम्पिङ प्रणालीबाट खानेपानीका लागि गत वर्ष नै एक करोडभन्दा बढी रकम विनियोजन भएको गरिएको थियो । सोलार पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था भएसँगै त्यस क्षेत्रका नागरिकलाई सजिलो भएको छ । आगामी ४ वर्ष भित्रमा दोगडाकेदारवासीको घरघरमा खानेपानीको धारा पु-याउने उद्देश्यले एक घर एक धारा अभियान चलाइएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार