काठमाडौ : प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानी किन्नका लागि महिनामै १२ लाख रुपैयाँ भन्दा बढी खर्च भएको पाइएको छ । तीन महिनाको ट्यांकरको पानीको बिल मात्र ३७ लाख उठेको छ । यो रकम महिनाको १२ लाख रुपैयाँ भन्दा बढी हो । यसमा पिउने पानी र खाना पकाउने पानीको बिल नजोडिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान गरेपनि पानी आउँदैन । धारामा पानी नआउँदा ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ । बगैँचाका रूख–बिरुवामा पनि ट्यांकरकै पानी सिन्चित गरिन्छ ।
यस्तै प्रधानन्यायाधीश र सभामुखको सरकारी निवासमा ल्याइएको ट्यांकरको पानीको बिल मात्र ६ लाख उठेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाख बराबरको जारको पानी मात्र खरिद गरिएको भेटिएको छ ।


1222 पटक हेरिएको 

