काठमाडौ : खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिल कुमार दास उत्कृष्ट निजामति सेवा पुरस्कारबाट सम्मानित हुनुु भएको छ । उहाँसँगै सात जना सहसचिव र अन्य कर्मचारी गरी १० जना उत्कृष्ट निजामति सेवाबाट पुरस्कृत भएका छन् ।
यस्तै ३० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार दिने विहीबारको मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ । निजामति सेवा दिवसको अवसरमा पुरस्कृत गरिएका ती कर्मचारीलाई कुनै विशेष अवसर पारी पुरस्कार प्रदान गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
पुरस्कृत भएको एक बर्षपछि पुरस्कार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति सेवा दिवसको अवसरमा गत साल पुरस्कृत भएका कर्मचारीलाई यसबर्ष पुरस्कार प्रदान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक बर्ष २०७३/०७४ मा निजामति सेवा पुुरस्कारबाट सम्मानित भएका कर्मचारीलाई आज पुरस्कार प्रदान गर्नुभएको हो ।
पुुरस्कृत कर्मचारीहरुको विवरण हेर्न तल क्लिक गर्नुहोस् ।
पुरस्कृत कर्मचारीहरुको नामावली


6668 पटक हेरिएको 

