काठमाडौ : सिंहदरबार परिसरमा शुक्रबार निजामति सेवा दिवस समारोह भइरहेको थियो । कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो, प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री ओली गत बर्षको निजामति सेवाबाट पुरस्कृत भएका निजामति कर्मचारीहरुलाई पुरस्कार वितरण गरिरहनुभएको थियो ।
पुरस्कार थाप्नेहरुको सूचीमा हुनुहुन्थ्यो खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख सिनियर डिभिज्नल इञ्जिनियर देवेन्द्र कुमार झा पनि । एक पछि अर्को गर्दै पुरस्कार थाप्ने पालो आयो इञ्जिनियर झा को । झालाई फूलको माला लगाईदिनुभयो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले । प्रधानमन्त्री ओलीले दरिलो हात मिलाउँदै प्रमाणपत्र वितरण गर्नुभयो ।

सामुन्नेमा उभिएका पत्रकारले क्यामेरा चलाइहाले । फूलमाला र प्रमाणपत्र पाएर पनि इञ्जिनियर झा, यताउति मञ्चतिर हेरिरहनुभयो । उहाँको हेराईबाट प्रष्टै झल्किन्थो, अझै केही चीज लिनै बाँकी छ भन्ने । त्यत्ति नै बेला एक जना महिला कर्मचारीले ५० हजार रुपैयाँको एभरेष्ट बैंकको ठूलो चेक ल्याउनुभयो र हस्तान्तरण गर्नुभयो, प्रधानमन्त्री ओलीले ।

इञ्जिनियर झाले ५० हजारको चेक लिनु अघि पुरस्कृत सबै कर्मचारीले प्रमाणपत्र र फूलमाला पहिरिएर मञ्चबाट बाहिरिएका थिए । इञ्जिनियर झा पछि अरु कर्मचारीले पनि गत बर्षको पुरस्कार थापे, तर अरु कर्मचारीलाई पनि चेक हस्तान्तरण गरिएन ।
कतिले त उत्कृष्ट निजामति सेवा पुरस्कार र निजामति सेवा पुरस्कारबाट पुरस्कृत कर्मचारीले नगद पनि पाउँदा रहेछन् भन्ने कुरा इञ्जिनियर झाले चेक फहराएपछि मात्र थाहा पाए ।

त्यत्तिकैमा पछिल्तिर बसिरहेका कर्मचारीहरु कानेखुसी गर्दै थिए ‘यत्रो ठूलो चेक चाहिं वहाँका लागि मात्र रहेछ कि के हो ?, त्यसैमा अरुले पनि थप्दै थिए, ‘उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेले एक लाख र निजामति सेवा पुरस्कारबाट पुरस्कृतले ५० हजार रुपैयाँ पाउने रहेछ ।’

सिनियर डिभिज्नल इञ्जिनियर झा आर्थिक बर्ष २०७३/०७४ मा खानेपानी मन्त्रालय अन्तर्गतको निकायबाट निजामति पुरस्कार प्राप्त गर्ने एक मात्र कर्मचारी हुनुहुन्छ ।


3857 पटक हेरिएको 

