काठमाडौ : एसियाली विकास बैंकले समुदायद्वारा व्यवस्थापन गरिएका खानेपानी तथा सरसफाइ योजनका लागि १३ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गर्ने भएको छ ।
एडिबी सञ्चालक समितिको बैठकले नेपालका २० नगरपालिकाहरुमा कार्यक्रम सञ्चालनका लागि करिब १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको हो ।
ती नगरपालिकामा करिब २० अर्ब रुपैयाँ भन्दा बढीको खानेपानी तथा सरसफाइ योजना सञ्चालन गर्ने र बाँकी रकम नेपाल सरकारले व्यहोर्ने भएको छ । यो आयोजना सन् २०२३ को अक्टोबरमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


1159 पटक हेरिएको 

