
दोलखा : खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य अावश्यकता भएको बताउनु भएको छ।
रिनेजम नेपालले दोलखाको चरिकोटमा अायोजना गरेको प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प अात्म विश्वास र एकरुपकता सबैमा हुनुपर्ने बताउनु भएको हो।
कार्यक्रममा उहाँले सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताउनु भयो।दोलखा जिल्लाको पर्यटकीय सम्भावनालाई प्रबर्द्धन गर्न अाफ्नो पुर्ण प्रतिबद्धता रहेको जनाउदै उहाले हिमालको काखमा रहेको चरिकोट स्थित फुटबल मैदानको बिकास गर्न अाफु लागि पर्ने धारणा राख्नुभयो।
त्यस्तै खानेपानीको सम्बन्धमा उहाले दोलखा जिल्लामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउपालिकामा अापुर्ति गर्ने ब्यवस्था मिलाउन डिपिअारका लागि बजेट छुट्टाउने बताउनुभयो ।दोलखा जिल्लामा खानेपानीको समस्या समाधान गर्न केही योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मंसिर १ गतेबाट सुरुभएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियोे ।



1303 पटक हेरिएको 

