नयाँ घरलाई सुहाएन, पुरानो चर्पी (भिडियो)

रसुवा १३ वैशाख । रसुवाको उत्तरगया गाउँपालिका ४, चौरखर्कका युव प्रसाद न्यौपानेले चिटिक्क परेको भूकम्प प्रतिरोधी घर बनाउनुभएको छ । २०७२ वैशाख १२ को भूकम्पले भत्किएको घर उहाँले भर्खरै ठड्याउनुभएको छ । घर बस्नै नमिल्ने गरी भत्किएपनि उहाँको चर्पी प्रयोग नै गर्न नमिल्ने गरी भत्किएको थिएन । उहाँले अहिलेसम्म पनि पुरानै चर्पी प्रयोग गर्दै आउनुभएको छ । भर्खरै नयाँ घर ठड्याएका युव प्रसाद न्यौपानेलाई नयाँ घरका लागि नयाँ नै चर्पी बनाउनुपर्छ भन्ने सोच आइसकेको छ । लिखिता बरालको सामग्री :

नयाँ घरका लागि नयाँ नै चर्पी बनाउने र अबको चर्पी पुरानो चर्पी भन्दा अलि फरक हुने उहाँले बताउनुभयो । अब बन्ने चर्पी कस्तो हुन्छ त ? न्यौपाने भन्नुहुन्छ ‘चर्पी दिसापिसाब गर्नका लागि मात्रै नभई नुहाउन पनि मिल्ने खालको बनाउँछु, चर्पीमा जाने राम्रो बाटो बनाउँछु, हामी बूढाबूढीले पनि प्रयोग गर्न मिल्ने र सबै उमेर समूहलाई ध्यानमा राखी चर्पी बनाउँछु ।’

चर्पी भित्र बत्ती पनि जडान गर्ने उहाँको योजना छ । ‘दिसापिसाब त दिउँसो मात्र आउँछ भन्ने छैन, राती पनि आउँछ, त्यसबेला बत्ती बाल्नुप¥यो, घरमा एकै उमेरका मानिस मात्र बस्दैनन्, केटाकेटी, बूढाबूढी सबैलाई उपयोगी हुने चर्पी बनाउनु परेन त ?’ उहाँले भन्नुभयो । उत्तरगया गाउँपालिका ४, रसुवाका युव प्रसाद न्यौपानेले जस्तै सबैले बुझिदिए हरेक घरको चर्पी बालबालिका तथा बृद्धबृद्धामैत्री बन्ने थिए  ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार