रुपन्देही ६१ औं खुला दिसामुक्त जिल्ला, अभियान सुरु भएको ११ बर्षपछि पूर्णता

🔗
10
Shares

रुपन्देही : रुपन्देही जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । रुपन्देहीको १ लाख ६३ हजार ८ सय ६३ वटै घरमा शौचालय बनाएर प्रयोगमा आएपछि रुपन्देहीलाई आज खुला दिसामुक्त घोषणा गरिएको हो ।


खुला दिसामुक्त घोषणा हुनेमा रुपन्देही ६१ औं जिल्लामा परेको छ । ११ वर्षअघि सुरु भएको सरसफाइ अभियानले बल्ल पूर्णता पाएको हो ।

२०६४ सालमा अभियान थालेपछि ९० हजार १ सय ९ वटा घरमा शौचालय बनाइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्राबिधिक ईश्वरी प्रसाद आचार्यले जानकारी दिनुभयो । ‘अभियानले सार्थकता पाउँदैछ,हामी सबैले यसमा योगदान गरेका छौं’ उहाँले भन्नुभयो ।

प्रदेश ५ का जिल्लाहरुमा प्युठान पहिलो पटक खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।रुपन्देही देशका ७७ जिल्लामा खुल्ला दिसामुक्त हुने ६१ औं जिल्ला हो । रुपन्देहीमा ०६४ सालदेखि सरसफाइ अभियान चले पनि पहिलो पटक ०६७ माघ १५ मा साविकको शंकरनगर गाविस खुल्ला दिसामुक्त क्षेत्र भएको थियो भने सबैभन्दा पछि ०७४ चैत्र १९ मा लुम्बिनी साँस्कृतिक नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको थियो ।

रुपन्देही जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरेपछि अब सफा र स्वच्छ क्षेत्र अभियान सञ्चालन गरिने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार