वास सुविधाका हिसाबले तपाईको विद्यालय एक तारा पाउन योग्य छ ? थाहा पाउनुहोस्

 2049 पटक हेरिएको

काठमाडौ : सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्धताको आधारमा विद्यालय आफैले एक तारा, दुई तारा वा तीन तारा निर्धारण गर्न सक्छन् ।

सरकारले लागु गरेको तारा पद्धति अनुसार विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छताका उपलब्धतालाई मूल्याङ्कन गरी स्तरीकरण गर्न सक्ने व्यवस्था गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५’ अनुसार एक तारा पाउन विद्यालयमा निम्न सूचकहरुमा निम्न मापदण्डहरु हुन आवश्यक छ ।


एक तारा पाउन योग्य विद्यालयका लागि निर्धारण गरिएको सूचक र मापदण्ड


१. पानी – पिउन, हात धुन र सरसफाइ गर्नका लागि सुधारिएको स्रोतबाट पानीको उपलब्धता ।


२. शौचालय – छात्रा तथा छात्रहरुका लागि चुकुल सहितका अलग अलग सुधारिएका तथा सुचारु शौचालय भएको ।


३. वातावरणीय सरसफाइ – ठोस फोहोरलाई डस्टविनमा संकलन गरी समय समयमा विसर्जन गर्ने गरिएको


४. सफा र हरियाली बातावरण – विद्यालय सेवाक्षेत्र खुला दिसामुक्त घोषणा भएको ।


५. स्वच्छता सुविधा – पानी र साबु सहितको हात धुने सुविधा भएको ।


६. स्वच्छता शिक्षा – सबै कक्षामा स्वच्छता शिक्षा अध्ययन, अध्यापन हुने गरेको, पाँच कक्षादेखि महिनावारी स्वच्छता व्यवस्थापन पठनपाठन गर्ने गरिएको ।


७. महिनावारी स्वच्छता – महिनावारी सामग्री व्यवस्थापनका लागि छात्रा शौचालयहरुमा ढकनसहितको डस्टबिन राखिएको ।


८. संस्थागत व्यवस्था र दिगोपना – बाल क्लव र विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भएको ।


९. विपद जोखिम व्यवस्थापन – शिक्षक तथा बालबालिकाहरुलाई विपद जोखिम न्यूनीकरण सम्बन्धमा क्षमता विकास गरिएको ।


१०. अनुगमन र जवाफदेहिता – खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छताका लागि सपम्र्क शिक्षक (महिलालाई प्राथमिकता) को व्यवस्था गरिएको ।


माथि उल्लेखित सूचकहरु र मापदण्डहरु पूरा भए तपाईले आफ्नो विद्यालयलाई रीत पू¥याएर एउटा तारा दिन सक्नुहुन्छ । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरुले शैक्षिक सत्र शुरु भएको दुई महिना भित्र स्वमूल्याङ्कन गरी यस्तो तारा प्रदान गर्दछ ।


विद्यालयको स्वमूल्याङ्कन, बर्गीकरण र प्रमाणीकरण प्रक्रियाका बारेमा थाहा पाउन वास खबर हेर्दै गर्नुहोला ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार