काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी योजना तर्जुमा, सञ्चालन, रेखदेख र व्यवस्थापनमा सहयोगका लागि प्रत्येक सामुदायिक विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्नु पर्दछ ।
विद्यालय व्यवस्थापन समितिको मातहतमा रहने गरी गठन हुने विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाको सुनिश्चितताका लागि सहभागितात्मक योजना तर्जुमा र कार्यान्वयन गर्ने लगायत काम गर्नुपर्दछ ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७५ का अनुसार समन्वय समितिमा निम्न पदाधिकारीहरु रहन्छन् ।
१. विद्यालय व्यवस्थापन समितिको अध्यक्षले तोकेको सो समितिको सदस्य – अध्यक्ष
२. विद्यालयका प्रधानाध्यापक – सदस्य
३. शिक्षक अभिभावक संघले आफू मध्येबाट छानेर पठाएका महिला – सदस्य
४. विद्यालय सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य सेवा प्रदायक संस्थाको प्रतिनिधि एक जना सदस्य
५. बाल क्लवका पदाधिकारीहरुले आफूमध्येबाट छानी पठाएको एक जना छात्रा सहित – दुई जना सदस्य
६. विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्पर्क शिक्षक एक जना — सदस्य सचिव
समितिको बैठक दुई महिनामा कम्तीमा एक पटक बस्ने प्रावधान राखिएको छ ।


1247 पटक हेरिएको 

