अरुणोदय खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

 1054 पटक हेरिएको
🔗
0
Shares

धनकुटा : धनकुटाको अरुणोदय खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरिएको छ । संविधान सभाका सदस्य तथा पूर्व कानून सचिव उदय नेपाली श्रेष्ठले खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो ।

खानेपानी आयोजनाको वारेमा सहयोगी संस्था पर्डेप नेपालका टिम लिडर नरेश प्रसाद श्रेष्ठले जानकारी गराउनु भएको थियो ।


उदघाटन कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धनकुटाका सिनियर डिभिजन ईन्जिनियर, विकास काफले, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मन्जु अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश कार्की, जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख टंक वहादुर चौहान, १ नं. प्रदेशसभाका सदस्य ईन्द्रमणी पराजुली लगायत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


उदघाटन कार्यक्रम संविधानसभाका सदस्य तथा पूर्व कानून सचिव उदय नेपाली श्रेष्ठको प्रमुख आतिथ्य एवं रुणोदय खानेपानी तथा सरसफाइ आयोजना लेगुवाका अध्यक्ष मान वहादुर मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार