खानेपानी आयोजनाका लागि एकै व्यक्तिद्वारा ५० हजार सहयोग

धादिङ : खानेपानी आयोजनाको दिगो ब्यबस्थापन तथा मर्मत सम्भार कोषका लागि ललितपुरका समाजसेबी एवं हार्डवयर ब्यापारी कन्चन थापाले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । धादिङको च्याङ्ली खानेपानी तथा सरसफाइ आयोजनाका लागि थापाले आर्थिक सहयोग गर्नुभएको हो । उहाँले सहयोगको चेक समितिका अध्यक्ष नबराज रुपाखेतीलाई हस्तान्तरण गर्नुभयो ।

प्रयास नेपाल धादिङले अक्सफामको सहयोगमा सञ्चालित पुनः निर्माण कार्यक्रम र गजुरी गाउँपालिकाको लागत साझेदारी गरी ५४ लाख ७६ हजार २ सय ६८ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भइरहेको छ ।

गजुरी गाउँपालिका वडा नं ४ र ५ मा रहेको खानेपानी आयोजनाबाट एक सय एघार घरधुरी र एक बिद्यालयका करिब १२ सय जनसंख्या प्रत्यक्ष लाभान्वित हुने समिति कोषका अध्यक्ष उर्मिला तिमल्सिनाले बताउनुभयो ।
गजुरी गाउँपालिका वडा नं ५ च्याङ्लीमा सञ्चालित खानेपानी आयोजना २०७६ बैशाख ३० भित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार