काठमाडौं : सरकारले मेलम्चीको ठेकेदार कम्पनी सीएमसीसँग थाइल्याण्डमा वार्ता गर्ने भएको छ । सीएमसीलाई काममा फर्काउन सरकारले बारम्बार प्रयास गरेपनि नेपालमा वार्ता नगर्ने अडान राख्दै आएको इटालिन ठेकेदारसँग सरकारले थाइल्याण्डमा वार्ता गर्ने भएको हो । क्रिसमस मनाउन भन्दै मेलम्ची खानेपानी आयोजनाको काम अधुरै छोडेर सिएमसी कम्पनीका कर्मचारी
गत मंसिर २९ गते भागेका थिए ।

सरकारले अन्तिम पटक भन्दै पुनः सोचविचारका लागि भन्दै यही माघ ३० गते सम्मको सीमा राखेर पत्र लेखेको थियो । सरकारको आग्रहपछि सीएमसी थाइल्याण्डमा वार्ता गर्न तयार भएको आयोजनाले जनाएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सीएमसीसँग यही साता भित्र थाइल्याण्डमा वार्ता गर्ने जानकारी दिनुभएको थियो । सीएमसीसँग वार्ताबाट सहमतिको अन्तिम प्रयास गर्ने र सहमतिमा नआए सरकारले आफैले मेलम्ची खानेपानी आयोजना निर्माण गर्ने जनाएको छ ।


988 पटक हेरिएको 

