दिक्पाल गिरी, काठमाडौ २१ वैशाख । केही समय अघिसम्म वाग्मती किनारको बाटो कहिल्यै हिड्न नपरोस् भन्नेहरु नै हिजोआज वाग्मतीमा पुग्ने गरेका छन् । वाग्मती सरसफाइ महाअभियानबाट सङ्लिदै गएको वाग्मतीमा पूजाआजा गर्न, घुमफिर गर्न र अन्य उद्देश्यले समेत जाने गरेका छन् ।
हेर्नुहोस् यो भिडियो :
वाग्मतीमा पूजा गर्दै गर्नुभएकी रीना प्याकुरेलले वाग्मती सफा भएकै कारण आफू पूजाआजाका लागि नियमित रुपमा आउने गरेको बताउनुभयो । वाग्मतीको पानी सफा हुदै गएपछि वाग्मती किनारमा प्रेम जोडीहरु समेत पुग्ने गरेका छन् । पहिलेजस्तो दुर्गन्ध नआएपछि उनीहरु मास्क नलाई खुल्ला तरिकाले कुरा गरिरहेका हुन्छन् ।
वाग्मती किनार शारीरिक अभ्यास गर्ने थलो पनि भएको छ । वाग्मतीको विभिन्न खण्डमा कोही खेलिरहेका, कोही दौडिरहेका रमर्निङ वाक् गरिरहेका भेटिन्छन् । योगा गरिरहेको अवस्थामा वाग्मती किनारामा भेटिएका रेडियो नेपालका निवृत्त कलाकार राजु अग्रवालले भन्नुभयो ‘पहिलो जस्तो प्राकृतिक वाग्मती हुन त समय लाग्छ, तर सफाइ अभियान शुरु भएपछिको वाग्मती एकदमै सफा हुदै गएको छ, पहिले त यहाँ ढल मात्र वग्न थालेको थियो, थाक नथुनी हिड्न सकिने अवस्था थिएन, तर अहिले त नाक नथुनी योगा गर्न सकिने भएको छ । आउदो शनिबार वाग्मती सरसफाइ महाअभियानको २०८ औं हप्ता पूरा हुदैछ ।