काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले सामाजिक सर्वेक्षण सम्पन्न भइसकेको क्षेत्रमा कुनै प्रकारको व्यवसाय वा कुनै कारोबार गरिए आयोजनाबाट कुनै प्रकारको क्षतिपूर्ति नदिने जनाएको छ ।
आयोजनाले काठमाडौ उपत्यकाको विभिन्न क्षेत्रमा पाइप विछ्याइने क्षेत्रको सामाजिक सर्वेक्षण गर्ने क्रममा आयोजनाबाट प्रभावित हुन सक्ने व्यापार व्यवसायी तथा अन्य क्षतिको तथ्याङ्क संकलन गर्ने काम सम्पन्न गरिसकेकाले नयाँ व्यापार व्यवसाय सञ्चालन गरिए क्षतिपूर्ति नदिने जनाएको हो ।
दोस्रो काठमाडौ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं। २, ३, ४, १३, १४, १५, १६ र २६ मा पाइप विछ्याइनेछ । जस अन्तर्गत DNI/7B कलंकी, सोल्टिमोड, बाफल, छाउनी, स्वयम्भू, ताहाचल, डल्लु, चमती पश्चिम र DNI/7C नयाँबजार, गोंगबू, मैपी, सामाखुसी, रानीबारी, महाराजगञ्ज, पानीपोखरी, लाजिम्पाट, बालुवाटार, नारायणगोपाल चोक, निर्मल निबास, टुडालदेबी, शंकरपार्क, धुम्बाराही, सुकेधारा, विशालनगर, हाँडीगाउँ क्षेत्रमा कार्यान्वयन भईरहेको छ ।


927 पटक हेरिएको 

