भक्तपुरमा पूर्ण सरसफाइ अभियान शुरु हुने

भक्तपुर : खुल्लादिसामुक्त घोषणा भएको भक्तपुरमा अब पूर्ण सरसफाइ अभियान सञ्चालन गरिने भएको छ । अभियान सञ्चालनका लागि खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति, जिविस भक्तपुर, चाँगुनारायण, नगरकोट, सूर्यविनायक तथा अनन्त लिंगेश्वर नगरपालिका र सहयोगी संस्था बीच आयोजना सञ्चालन सम्झौता सम्पन्न भइसकेको छ ।

पूर्ण सरसफाइका लागि खानेपानी तथा सरसफाइ कार्यक्रममा ६ करोड २० लाख रुपैयाँ लगानी गरिनेछ । पूर्ण सरसफाइ अभियान अन्तर्गत चाँगुनारायण, नगरकोट, सूर्यविनायक र अनन्त लिंगेश्वरका ११ वटा वडामा खानेपानी र सरसफाइका आयोजना सञ्चालन हुनेछन् । चाँगुनारायणको ३, नगरकोटको १, सूर्यविनायकको ३ र अनन्तलिंगेश्वरको २ गरी ९ वटा वडामा ९ वटा खानेपानी योजना सञ्चालन हुने ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार