बाराको भलुही भर्वालियालाई जेठ ११ गते खुला दिसामु्क्त घोषणा गरिने

बारा १५ वैशाख । बाराको भलुही भर्वालिया गाउँ विकास समिति (साबिक) लाई आगामी जेठ ११ गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । विहीबार बसेको गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (Vwashcc) को बैठकले भलुही भर्वालियालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो ।

भलुही भर्वालियाको ९ सय ८३ घरमध्ये चर्पी बनाउन बाँकी घरमा पनि बनाइसक्न सबै शक्ति परिचालन गरिने भएको छ । भलुही भर्वालियालाई सन् २०१७ को सेप्टेम्बर भित्र खुला दिसामु्क्त घोषणा गर्ने लक्ष्य भएपनि लक्षित समयावधि भन्दा अगावै प्रगति हासिल हुन लागेको हो । भलुही भर्वालियामा Gsf/ Un Habitat को आर्थिक सहयोगमा IDS Nepal र CHEC नेपालले सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।

फोटो अजय कुशवाहाको फेसबुकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार