वाग्मती सफाइ महाअभियानको ४ बर्ष पूरा

काठमाडौ २३ वैशाख । वाग्मती सफाइ महाअभियानले चार बर्ष पूरा गरेकोे छ । वाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि शुरु भएको हो ।

यही अवसरमा ‘बाग्मती सफाइ महाअभियानले ग-यो चार बर्ष पूरा, अब गर्नुप-यो, नयाँ, पृथक, प्रविधियुक्त लक्ष्य सहितको कुरा’ भन्ने नाराका साथ २०८ औ हप्ताको सरसफाइ गरिएको छ ।

‘हामीले चार बर्ष लामो गौरवमय समय पार गरेका छौं, वाग्मती सफाइ अभियानलाई भावी दिनमा अझ पृथक र प्रविधियुक्त बनाएर लैजान हामीले प्रतिबद्धता जाहेर गरेका छौं, हामी कहिल्यै थाकेनौं र थाक्दैनौं पनि’ अभियन्ता माला खरेलले भन्नुभयो ।

उहाँका अनुसार २०८ औं हप्तामा थापाथली आसपास गरिएको सरसफाइबाट १५ मेट्रिक टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ ।

आजको सरसफाइ महाअभियानमा ६ सय ५० भन्दा बढीले सहभागिता जनाएका थिए । वाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि शुरु भएको हो । अभियन्ता खरेलका अनुसार चार बर्षको अवधिमा वाग्मती सफाइ महाअभियानले गोकर्णदेखि बल्खुसम्म दोहो-याइ तेहे-यइ सरसफाइ गरिसकेको छ ।

अभियन्ताहरुको अथक प्रयासले वाग्मतीको स्वरुप फेरिन थालेको छ । ढल मात्र बग्ने वाग्मतीमा धमिलै भएपनि पानी बग्न थालेको छ भने फोहोर थुप्रिने स्थलमा बगैंचा बनेका छन् ।

वाग्मतीको दायाँबायाँे फोहोर थुप्रिने ठाउँमा अहिले कि बगैंचा बनेका छन् कि त बृक्षारोपण गरिएको छ । वाग्मती किनारामा रहेको अव्यवस्थित बसोबास नहटाउदा सम्म बाग्मतीलाई पूरानै अवस्थामा फर्काउन गाह्रो हुने विश्लेषकहरु बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार