दिक्पाल गिरी, काठमाडौ २४ वैशाख । वाग्मती सफाइ महाअभियानले चार बर्षको सफल यात्रा पार गरेको छ । २०७० साल जेठ ५ गतेदेखि शुरु भएकोले हिजो मात्र २०८ औं हप्ताको सफाइ गरेको छ । सफाइ अभियन्ताले वाग्मती सफाइ गर्न थालेपछि वाग्मती पहिलेको भन्दा सफा हुदै गएपछि नदी किनारमा पूजाआज गर्ने भक्तजन पनि बढेका छन् । हेर्नुहोस् दिक्पाल गिरीको सामग्री
हो, नदी सफा हुदै गएपछि पूजाआजा गर्नेहरु पनि वाग्मती पुग्न थालेका छन्, गृहेश्वरीमा पूजा गरिरहेका बेला भेटिएकी रीना प्याकुरेल भन्नुहुन्छ ‘मैले दुई बर्ष अघि देखेको वाग्मती र आजको वाग्मतीमा धेरै फरक छ, त्यसबेला पानी होइन, ढल बग्थ्यो, अहिले त पानी बग्न थालेको छ, दुर्गन्ध पनि आउँदैन ।’
दुई चार बर्ष अघिसम्म बाग्मती किनारको बाटो हिड्न नपाएपनि हुन्थ्यो भनेर नाक थुन्नेहरु पनि हिजो आज वाग्मती किनारमा भेटिन थालेका छन् । वाग्मती किनारमा विहानीपख पूजाआजा गर्ने, मर्निङ वाक गर्ने, शारिरीक व्यायाम गर्नेहरु प्रशस्त भेटिन्छन् । वागमती किनारमा योगा गरिरहेका बेला भेटिएका राजु अग्रवाल भन्नुहुन्छ ‘पानी पूरै सफा हुन केही समय लाग्छ, तर सफाइ महाअभियान शुरु भएपछिको वाग्मतीको स्वरुप फेरिएकै हो, जो जो यसमा संलग्न हुनुहुन्छ उहाँहरुको धन्यबादका पात्र हुनुहुन्छ ।’
वाग्मती सरसफाइ महाअभियान शुरु भएपछि बाग्मतीको गोकर्णदेखि बल्खुसम्मको २८ किलोमिटर खण्डमा दोहो¥याइ ते¥याइ सरसफाइ गरिएको छ । वाग्मतीको दायाँबायाँ बृक्षारोपण तथा बगैंचा निर्माण गरिएको छ । दुईबर्ष अघिसम्म फोहोरको गन्ध आउने ठाउँमा अहिले फूलले बासना छर्न थालेका छन् । फोहोरको रास भएको ठाउँमा हरियाली छाउन थालेको छ ।
वाग्मतीलाई स्वच्छ र सफा बनाउन हरेक शनिबार वाग्मती सफाइ महाअभियान चलिरहेको छ भने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पनि वाग्मतीलाई प्रदुषणमुक्त बनाउन वाग्मतीको दुवैतर्फ ढल पाइप विछ्याइरहेको छ ।
नदीको दुवैतर्फ ५ सय मिटर ढल पाइप मात्र विछ्याउन बाँकी रहेको र ढल सन्चालनमा आएपछि नदीको प्रदुषण हट्ने समितिका आयोजना प्रमुख राजेश सिं ले बताउनुभयो ।