म्युजिक भिडियो छायाँकन स्थल बन्यो, वाग्मती (भिडियो )

प्रसन्न तामाङ, काठमाडौ २५ वैशाख । केही समय अघिसम्म ढलमति उपनामले चिनिने वाग्मती अहिले हराभरा बन्न थालेको छ । पूजाआजा गर्ने, शारीरिक व्यायाम गर्ने र मर्निङ वाक गर्नेहरुको मात्र होइन फिल्म तथा म्युजिक भिडियो निर्माण गर्नेहरुको आँखामा पनि पर्न थालेको छ, वाग्मती ।

यसैसाता हामीले वाग्मती किनारमा म्युजिक भिडियोको छायाँकन गरिरहेका बेला गीतकार तथा संगीतकार शंकर अधिकारीलाई भेट्यौं । हेर्नुहोस् यो भिडियो :

नदीसँग गीतको सम्बन्ध भएकाले वाग्मतीलाई रोजेको गीतकार अधिकारीले बताउनुभयो । वाग्मतीमा ‘हावासरी उडिरहेछु म,  कहाँ कहाँ हराए म…………..र पिरतीको धारले रेट्यो कलेजीको कुना कुना भन्ने बोलको गीतको छायाँकन गरिएको अधिकारीले बताउनुभयो ।

हावासरी उडिरहेछु बोलको गीतमा गीतकार जस बहादुर तामाङको शब्दमा राजेश पायल राईले स्वर दिनुभएको छ भने संगीतकार धनिराम राईले संगीत दिनुभएको छ । यस्तै टीबी अधिकारीको शब्द, शंकर अधिकारीको संगीत र नित्य शिवको आवाजमा सजिएको गीत पिरतीको धारले रेट्यो कलेजीको कुना कुनाको पनि वाग्मती किनारमा छायाँकन गरिएको छ ।

‘पिरतीको धारले रेटेपछि कस्तो पीडा हुन्छ माया प्रेमको ? त्यो नदीले बोल्छ ’ संगीतकार अधिकारीले भन्नुभयो । म्युजिक भिडियोमा सीताराम रसाइली, शान्ति नेपाली, अबिनाब चौधरी र आइसा सुनुवारले अभिनय गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार