आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ २२ जेठ । आज जुन ५ तारीख अर्थात विश्व वातावरण दिवस । ‘प्रकृति सँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघले पर्यावरण जोगाउन चेतना अभिवृद्धि गर्ने उद्देश्यले वातावरण दिवस मनाउने निर्णय गरेको थियो ।

त्यस यता हरेक बर्ष जुन ५ मा विश्वभर वातावरण दिवस मनाइन्छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका संघ संस्थाले वातावरण कसरी जोगाउन सकिन्छ भन्ने बारे विभिन्न सचेतनामूलक कार्यक्रम गर्दैछन् ।

दिवसका अवसरमा सोमबार बिहान काठमाण्डु उपत्यकाका विभिन्न ठाउँबाट प्रभातफेरी तथा वातावरण संरक्षण गरौं भन्ने नारा लेखिएको प्ले कार्ड सहितको चेतनामूलक ¥याली निकालिएको छ । विभिन्न शैक्षिक संघसंस्थाले पनि शिक्षाद्धारा वातावरणको संरक्षणमा जोड दिन आग्रह सहित चेतनामूलक ¥याली निकालेका छन् ।

जलवायु परिवर्तनको असर र त्यसबाट बच्ने उपाय, वनजंगल संरक्षण लगायतका विषयमा सरोकारवालाले अन्तक्र्रिया कार्यक्रम पनि गर्दैछन् । विकास निर्माणको काम गर्दा वातावरणमा पनि ख्याल गर्न विज्ञले आग्रह गरेका छन् ।

सरसफाइ सप्ताह शुरु

विश्व वातावरण दिवस सँगै अठारौं राष्ट्रिय सरसफाइ सप्ताह पनि शुरु भएको छ । सरसफाइ सप्ताह आगामी २८ गतेसम्म स्थानीय तथा केन्द्रीय स्तरमा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

‘खुला दिसामुक्त गर्नुछ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व’ भन्ने नाराका साथ मनाइने सप्ताहमा यातायात व्यवसायी, दिसाजन्य लेदो संकलन तथा विसर्जन गर्दै आएका ट्याङकर व्यवसायी, नगरपालिकाका वातावरण विभाग प्रमुखहरुसँग अन्तरक्रिया गरिने खानेपानी तथा ढल निकास विभागका वातावरणीय सरसफाइ शाखा प्रमुख प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा अहिले ९१ प्रतिशत घरमा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार