काठमाडौ ३ असार । वाग्मती सरसफाइ महाअभियानको २ सय १४ औं हप्तामा अभिनेत्री मनिषा कोइरालाले पनि सरसफाइ गर्नुभएको छ । महाअभियानको अस्ति बसेको बैठकले महाअभियानको सद्भावना दूतमा नियुक्त गरेपछि अभिनेत्री कोइराला वाग्मती सफाइ महाअभियानमा सहभागी हुनुभएको हो ।
उहाँले अन्य सरसफाइ अभियन्ता सँगै फोहोर टिप्ने, पास गर्ने र संकलन गर्ने काम गर्नुभएको थियो । वाग्मती सरसफाइको सदभावना दूत हुन पाएको आफू खुसी भएको र आफूले वाग्मती सफाइका लागि सक्दो प्रयास गर्ने वास खबरसँग बताउनुभयो ।
‘म भौतिक रुपमा उपस्थित भएर अरुलाई पनि फोहोर संकलन गर्न प्रेरित गराउँछु, यो प्रतिकात्मक हो यसबाट धेरैले सिक्न सक्छन् एक दिन यस्तो दिन आउनेछ जुन दिन हामीले फोहोर नटिपी पनि वाग्मती सफा भएको देख्न पाउनेछौं’ उहाँले भन्न्नुभयो ।
१६ अगस्ट १९७० मा काठमाडौमा जन्मिनुभएकी नायिका कोइरालाले धेरै हिन्दी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँ विश्वेश्वर प्रसाद कोइरालाको नातिनी हुनुहुन्छ । मनिषा कोईरालाले हिन्दी चलचित्रका अलावा तमिलको कयौं चलचित्रहरूमा पनि अभिनय गर्नुभएको छ ।
उहाँले पछिल्लो समय डियर मायामा अभिनय गर्नुभएको छ । डियर माया’ मनीषाकै जीवनसँग मिल्दोजुल्दो कथामा बनेको फिल्म हो, जसमा उहाँले क्यान्सरसँगै झेलेका, भोगेका र अनुभूत गरेका कुराहरू मूल रूपमा दर्शाउने प्रयत्न गरिएको छ ।
क्यान्सरको सफल उपचारपछि तन्दुरुस्त हुनुभएकी नायिका मनिषा कोइराला विभिन्न सामाजिक काममा व्यस्त हुनुहुन्छ ।
फोहोर पास गराउँदै मनिषा
सफाइ गर्न तयार हुदै अभिनेत्री मनिषा कोइराला
फोहोर टिप्ने क्रममा