पाल्पा : वर्षौदेखि खोलाको धमिलो पानी पिउन बाध्य रामपुर नगरपालिका–८ सानो बगैँचाका बासिन्दाले सफा र सुरक्षित पानी उपभोग गर्न थालेका छन् ।
बस्ती नजिकै पानीको धारा, मूल, कुवा, इनार नहुँदा खोलाको पानी पिउन बाध्य सानो बगैंचाबासीले घरलौरी पैसा संकलन गरेर घरघरै पानीको धारा पु-याएका हुन् ।
बस्तीदेखि करिब चार किलोमिटर टाढा रहेको पानीलाई व्यवस्थित गरेर सबैको घरघरमा पु-याएपछि सफा र सुरक्षित पानी पिउने बर्षौदेखिको सपना पूरा भएको हो ।
खोलामा बगेर आएको फोहर पानीले स्वास्थ्यमा असर पारेपछि सुरक्षित पानीको प्रबन्ध मिलाउन स्थानीयबासी आफै तातिएका हुन् ।
यसका लागि गच्छे अनुसार हरेक घरबाट रकम संकलन गरेर पानीको व्यवस्था गरेको सानो बगैंचाका सरोज अधिकारीले बताउनुभयो ।
४७ घरबाट संकलित एक लाख २० हजारको लागतमा खानेपानी योजना सम्पन्न गरी घरघरमा खानेपानी वितरण गर्न सफल भएको अधिकारीले बताउनुभयो ।
पहिले खानेपानीको अभावमा खोला धाउनुपर्दा बिहानभरको समय खेर जाने र घरायसी कामकाजमा समस्या आउने गरेको शान्ति विकले बताउनुभयो । अहिले घरमै पानी आएपछि धेरै सहज भएको उहाँले बताउनुभयो ।
फोहर र दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै खानेपानीको अरु विकल्प नहुँदा वर्षौसम्म खोलाको पानीले गुजारा चलाएको उमाकान्त खनालले बताउनुभ